बिग बासमा होबार्डको लगातार दोस्रो जित

काठमाडौं : अस्ट्रेलियन टि–ट्वान्टी क्रिकेट लिग बिग बासमा होबार्ड हुरिकेन्सले दोस्रो जित हासिल गरेको छ।
उसले लगातार दोस्रो जित हासिल गर्ने क्रममा आज (आइतबार) होबार्डले एडिलेड स्ट्राइकर्समाथि ११ रनको जित हासिल गर्यो। जितसँगै होबार्डले अंकतालिकामा ७ अंक हासिल गर्दै दोस्रो स्थानमा उक्लिएको छ।
अंकतालिकामा मेलबर्न स्टार शीर्ष स्थानमा छ। उसले जारी सिजनमा २ खेलबाट ८ अंक बटुलेको छ।
१७५ रनको लक्ष्य पछ्याएको एडिलेडले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १६३ रन मात्रै जोड्न सकेपछि होबार्डको दोस्रो जित सम्भव भएको हो।
एडिलेडका लागि डानियल वर्रल र ड्यानी ब्रिग्सले आक्रामक पारी खेले। वर्रलले ३९ बलमा अविजित ६२ रन बनाउँदा ब्रिग्सले १८ बलमा ३५ रनमा नटआउट रहे।
बलिङतर्फ होबार्डका जेम्स फकनरले सर्वाधिक ३ विकेट लिए।
त्यसअघि होबार्डले निर्धारित ओभरमा ४ विकेट गुमाएर १७४ रन जोडेको थियो। उसका लागि डार्सी सोर्टले सर्वाधिक ७२ रन बनाउँदा विल ज्याक्सले ३४ रन बनाएका थिए।
बलिङतर्फ एडिलेडका वेस अगरले सर्वाधिक २ विकेट लिए। यस्तै, पिटर सिडल, रासिद खान र डानियल वर्रलले समान १ विकेट चट्काए।
यसअघि आफ्नो पहिलो खेलमा होबार्डले सिड्नी सिक्सरलाई १६ रनले पराजित गरेको थियो।
मंसिर २८, २०७७ आइतबार १३:४०:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।