सुनको मूल्य तीन दिनयता स्थिर

सांकेतिक तस्बिर
काठमाडौं : नेपाली बजारमा सुनको मूल्य तीन दिनयता स्थिर छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गत शुक्रबारयता छापावाल सुन प्रतितोला ९२ हजार ५०० रूपैयाँ र तेजाबी सुन प्रतितोला ९२ हजार ५० रूपैयाँमा स्थिर छ।
त्यसको अघिल्लो दिन (बिहीबार) छापावाल सुन प्रतितोला ९०० रूपैयाँ घटेर ९२ हजार ५०० रूपैयाँ कायम भएको थियो।
चाँदीको मूल्य पनि शुक्रबारयता यथावत् छ। सुनचाँदी व्यवसायी महासंघका अनुसार चाँदीको मूल्य प्रतितोला १ हजार २०० रूपैयाँमा कारोबार भइरहेको छ।
मंसिर २८, २०७७ आइतबार ११:०८:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।