बिग बासमा होबार्ड र एडिलेड प्रतिष्पर्धा गर्दै  

बिग बासमा होबार्ड र एडिलेड प्रतिष्पर्धा गर्दै  

काठमाडौं : अस्ट्रेलियन टि–ट्वान्टी क्रिकेट लिग बिग बासमा होबार्ड हेरिकेन्स र एडिलेड स्ट्राइकर्स प्रतिष्पर्धा गरिरहेका छन्। 

टस हारेर ब्याटिङ गरिरहेको होबार्डले ४ ओभर सकिँदा विकेट नगुमाएर २८ रन जोडेको छ। उसका लागि विल ज्याक्स १५ र डार्सी सोर्ट १३ रनमा खेलिरहेका छन्। 

बलिङमा एडिलेडका डानियल वर्रलले २ तथा ड्यानी ब्रिग्स र वेस अगरले समान १ ओभर बलिङ गरेका छन्। 

जारी सिजनमा होबार्डले दोस्रो खेल खेल्दा एडिलेड पहिलो खेल खेल्दै छ। 

यसअघि पहिलो खेलमा होबार्डले सिड्नी सिक्सरलाई १६ रनले पराजित गरेको थियो। 

मंसिर २८, २०७७ आइतबार ०९:२६:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।