भरुवा बन्दुक र सालको कडी बरामद

बिशेष सूचनाको आधारमा कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेत, जिल्ला प्रहरी कार्यालय सुर्खेत र ईलाका प्रहरी कार्यालय बाबियाचौरबाट खटिएको प्रहरीले बीर बहादुरले गोठमा लुकाई राखेको उक्त हतियार फेला पारी पक्राउ गरेको हो।
साथै बराहताल गाउँपालिका–६ गोठी बस्ने ओम बहादुर राजी र भास्कर थापाले गोठ तथा खेतपाखामा लुकाई राखेको ३ सय २७ थान चिरान सालको कडी समेत बिहीबार दिउँसो प्रहरीले बरामद गरी आवश्यक कारबाहीको लागि बड्डीचौर सब–डिभिजन बन कार्यालयमा बुझाएको छ। फरार भएका राजी र थापाको खोजी जारी रहेको प्रहरीले जनाएको छ। घटनाबारे अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ।
मंसिर २६, २०७७ शुक्रबार १३:३७:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।