सुदूरपश्चिममा कोरोना संक्रमितको संख्या १२ हजार नाघ्यो

प्रदेशको सामाजिक विकास मन्त्रालयका अनुसार त्यहाँ अहिलेसम्म १२ हजार १४४ जनालाई कोरोना पुष्टि भइसकेको छ। तीमध्ये ९ हजार ९४१ जना निको हुँदा ४३ जनाले ज्यान गुमाएका छन्।
प्रदेशमा सक्रिय संक्रमितको संख्या २ हजार १६० छ। तीमध्ये अछाममा ३२१, बैतडीमा ११२, बझाङमा ३२४, बाजुरा ३९, डडेलधुरा २४२, दार्चुला २५६, डोटी १७४, कञ्चनपुरमा १७६, कैलालीमा ४८० जना छन्। यस्तै, अन्य प्रदेशका ३४ जना र अन्य देशका २ जना रहेको मन्त्रालयले जनाएको छ।
प्रदेशमा होम आइसोलेसनमा बस्नेको संख्या १ हजार ६५० छ। यस्तै, प्रदेशभर सघन उपचार कक्ष (आइसियु)मा ७ र भेन्टिलेटरमा २ जना छन्।
प्रदेशमा ६ वटा मेसिनबाट कोरोना परीक्षण भइरहेको र दैनिक ५ हजार कोरोना परीक्षण गर्न सक्ने क्षमता छ।
मंसिर २६, २०७७ शुक्रबार ११:४७:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।