सुनको भाउ स्थिर 

सुनको भाउ स्थिर 

नेपाल सुनचाँदी व्यावसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९२ हजार ५०० रूपैयाँमा यथावत छ। हिजो छापावाल सुनको मूल्य तोलामा ९०० रूपैयाँ घटेको थियो। 

यस्तै, तेजाबी सुनको मूल्य तोलामा ९२ हजार ५० रूपैयाँमा र चाँदीको मूल्य १ हजार २०० रूपैयाँमा स्थिर रहेको सुनचाँदी व्यावसायी महासंघले जनाएको छ। 

मंसिर २६, २०७७ शुक्रबार १०:५८:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।