महानगरले थाल्यो प्लाज्मा संकलन अभियान

उद्घाटनका क्रममा मेयर पराजुलीले रक्तदानसमेत गरेका छन्। कार्यक्रमलाई सम्बोधन गर्दै पराजुलीले कोरोना संक्रमणका कारण रक्तदान कार्यक्रम आयोजना नहुँदा व्लड बैंकमासमेत रगत अभाव भएको बताए।
‘अस्पतालमा उपचारका लागि भर्ना भएका विरामीलाई आवश्यक रगतको व्यवस्थापन निक्कै जटिल भइरहेकाले महानगरपालिकाले कोरोना उपचारका लागि आवश्यक पर्ने प्लाज्मामात्रै नभई साधारण रगतसमेत संकलन गर्न रक्तदान अभिायन सञ्चालनमा ल्याएको हो’ पराजुलीले भने।
पराजुलीले रक्तदान अभियान निरन्तर सञ्चालन हुने भएकाले प्लाज्मा वा साधारण रगतदान गर्न नगरवासीलाई आग्रह पनि गरे।
महानगरपालिकाले आयोजना गरेको रक्तदान कार्यक्रममा २८ प्वाइन्ट रगत र ८ प्वाइन्ट प्लाज्मा संकलन भएको छ।
कार्यक्रममा विराटनगर महानगरपालिकाका कर्मचारी जनप्रतिनिधी र सर्वसाधारणले रक्तदान गरेका थिए।
कोरोना संक्रमण मुक्त भएको १५ दिन देखि ३५ दिन भित्र प्लाज्मा दान गर्न सकिने महानगरपालिकाका स्वास्थ्य शाखा प्रमुख रमेश कार्कीले जानकारी दिए।
प्लाज्मा आवश्यक पर्ने कोरोना संक्रमितले घरमै बसेर प्लाज्माको जोहो गर्नसक्ने गरी महानगरपालिकाले मोवाइलएप्स समेत सञ्चालनमा ल्याइसकेको छ।
मंसिर २५, २०७७ बिहीबार १८:४८:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।