राजसस्थाको पक्षमा भैरहवामा प्रदर्शन

राजसस्थाको पक्षमा भैरहवामा प्रदर्शन

सम्पूर्ण देशभक्त नागरिक समाज, रुपन्देही र राष्ट्रिय नागरिक आन्दोलन २०७७ को व्यानरमा आयोजना गरिएको कार्यक्रममा राजावादीहरुले भैरहवामा र्यालीसहित प्रदर्शन गरेका हुन्। 

संघीयता राखेज गर्नुपर्ने र राजसंस्थासहित हिन्दुधर्म कायम गर्नुपर्ने उनीहरुको माग छ।

र्यालीमा सहभागीहरुले मुलुकमा व्यापक भ्रष्टाचार बढेको भन्दै राजसंस्था आउनुपर्ने माग गरे। 

र्यालीपछि आयोजित कोणसभामा बोल्दै राष्ट्रिय नागरिक आन्दोलनका सदस्य रंजन खनालले अहिले भइरहेको आन्दोलनले हार्याे भने देशले नै हार्ने बताए। उनले भने, ‘हाम्रो आन्दोलन सफल भएन भने राजसंस्था र विश्वका डेढ अर्ब हिन्दुहरुको मुलुकले हार्ने छ। त्यसैले यो आन्दोलन सफल हुनुपर्छ। वर्तमान राष्ट्रघाती व्यवस्था खारेज गर्नुपर्छ।’

कोण सभामा बोल्ने अधिकांशले मुलुकमा भ्रष्टाचार व्याप्त भएको र यस्तै व्यवस्था कायम रहिर्यो भने मुलुक असफल हुने बताए।

अभियन्ता डा.मनोजकुमार झाले नेकपा र कांग्रेसका नेताहरुले मुलुकलाई वर्वादीतर्फ धकेलेको आरोप लगाए। उनले भ्रष्टाचार, बलात्कारजस्ता काण्डैकाण्डले मुलुक पिल्सिएको बताउँदै अहिलेको व्यवस्था खारेज हुनुपर्ने काम गरे। 

भैरहवामा भएको प्रदर्शनका संयोजक एवं राप्रपाका नेता रविकुमार रौनियारले संघीयताले मुलुकमा विकास नभई भ्रष्टाचार र बेथिति मात्रै निम्त्याएकाले राजासहितको हिन्दुराष्ट्र कायम हुनुपर्ने बताए। 
 

मंसिर २५, २०७७ बिहीबार १५:०९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।