सुनको मूल्य आज फेरि घट्यो

काठमाडौं : सुनको मूल्य आज (बिहीबार) फेरि घटेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा ९०० रुपैयाँ घटेर ९२ हजार ५०० रुपैयाँ कायम भएको छ।
हिजो यसको मूल्य प्रतितोला ९३ हजार ४०० रुपैयाँ तोकिएको थियो। उक्त दिन छापावाल सुन तोलामा ७०० रुपैयाँ घटेको थियो।
यस्तै, तेजाबी सुन पनि सोही दरमा घटेर प्रतितोला ९२ हजार ५० रुपैयाँ कायम भएको छ।
चाँदीको मूल्य भने प्रतितोला १५ रुपैयाँ घटेर एक हजार २०० रुपैयाँ कायम भएको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
मंसिर २५, २०७७ बिहीबार १०:५०:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।