कैलालीमा दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, तीन घाइते

धनगढी : कैलालीमा दुई मोटरसाइकल ठोक्किँदा एक जनाको ज्यान गएको छ।
जिल्ला प्रहरी कार्यालय, कैलालीका अनुसार गौरीगंगा नगरपालिका–३, कुचैनीमा पर्ने पूर्व पश्चिम राजमार्गमा से१प ५५७८ र से६प ३७११ नम्बरको मोटरसाइकल ठोक्किँदा धनगढी उपमहानगरपालिका–१९ का पुरन बोहराको ज्यान गएको हो।
कैलाली प्रहरी प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक प्रतीक विष्टका अनुसार दुर्घटनापछि गम्भीर घाइते बोहराको उपचारका क्रममा बाँकेको कोहलपुरस्थित नेपालगन्ज मेडिकल कलेजमा मृत्यु भएको हो। बोहरा से१प ५५७८ नम्बरको मोटरसाइकलमा सवार रहेको प्रहरीले जनाएको छ।
दुर्घटनामा परी तीन जना घाइते भएको प्रवक्ता विष्टले जानकारी दिए। उनका अनुसार घाइतेमध्ये से१प ५५७८ नम्बरको मोटरसाइकल चालक धनगढी–१७ का रमेश बोहराको कोहलपुरमै उपचार भइरहेको छ।
से६प ३७११ नम्बरको मोटरसाइकल चालक र सवार व्यक्तिको भने धनगढीस्थित माया मेट्रोमा उपचार भइरहेको छ।
मंसिर २५, २०७७ बिहीबार ०९:०१:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।