कैलालीमा ट्रक पल्टिँदा ४ जना घाइते, १ गम्भीर

सांकेतिक तस्बिर
डडेलधुराको जोगबुढाबाट धनगढीतर्फ आइरहेको से७ख १२९ नम्बरको ट्रक मंगलबार बिहान चुरे गाउँपालिका–६, डुम्रेनीमा दुर्घटनाग्रस्त भएको हो।
दुर्घटनामा डडेलधुराको परशुराम नगरपालिका ४ बस्ने ट्रक चालक २९ वर्षीय दानबहादुर कामी, सोही ठाउँका १८ वर्षीय दशरथ सिलाल, ३८ वर्षीय नरेन्द्र बोहरा र २० वर्षीय करन कामी घाइते भएका छन्। तीमध्ये करनको अवस्था गम्भीर छ। उनको सिसाले टाउको काटिएको प्रहरीले जनाएको छ।
ट्रक अनियन्त्रित भएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय, कैलालीले जनाएको छ।
मंसिर २३, २०७७ मंगलबार ०९:५२:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।