जबरजस्ती करणी मुद्दामा सिद्धबाबाले पाए सफाइ

जबरजस्ती करणी मुद्दामा सिद्धबाबाले पाए सफाइ

जिल्ला न्यायाधीश अर्जुनप्रसाद कोइरालाको इजलासले सिद्धबाबालाई सोमबार सफाइ दिएको हो। एक महिला अनुयायीले आफूलाई जबरजस्ती करणी गरेको भन्दै सिद्धबाबाविरुद्ध मुद्दा दर्ता गरेकी थिइन्।

जिल्ला अदालत, सुनसरीले सरकारी जाहेरीले अभियोग दाबी नपुग्ने भन्दै सिद्धबाबालाई सफाइ दिएको अदालतका स्रेस्तेदार नगेन्द्र केसरी पोखरेलले जानकारी दिए। उनका अनुसार अदालतले अन्तिम फैसला गरे पनि सरकारी वकिल भने  इजलासमा उपस्थित भएका थिएनन्।

सरकारी वकिलको कार्यालयले पेशी सार्न निवेदन दिए पनि बेञ्चले निवेदन अस्वीकार गरेपछि सरकारी वकिलबिनै मुद्दा फैसला भएको स्रेस्तेदार पोखरेलले बताए। 
 

मंसिर २२, २०७७ सोमबार २१:५३:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।