रौतहट बम काण्डका आरोपी महताव पक्राउ

भारतीय प्रहरीको समन्वयमा मोतिहारीबाट उनलाई प्रदेश प्रहरीले आज सोमबार पक्राउ गरिएको हो।
प्रदेश प्रहरी कार्यालय जनकपुरबाट खटिएको प्रहरी टोलीले उनलाई रौतहट भारतबाट पक्राउ गरी रौतहट ल्याएको जनाएको छ।
०६४ चैत २७ मा रौतहटमा भएको बम विष्फोटको घट्नामा फरार थिए।घट्नाका मुख्य योजनाकार काँग्रेस सांसद तथा पूर्वमन्त्री आफ्ताव पुर्पक्षका लागी नख्खु कारागारमा छन्।
संविधानसभा निर्वाचनको पूर्वसन्ध्यामा आलमका काका शेख इन्द्रिसको घरमा भएको विष्फोटका घाईते २४ वर्षीय त्रिलोक प्रताप सिंह र २२ वर्षीय ओसी अख्तरलाई आफ्तावको दाजुभाईको समूहले ईट्टाभट्टामा जिउँदै जलाएको आरोप छ।
प्क्राउ परेका महतावले दाई अफताव आलमको निर्देशनमा घटना ल’काउने उद्देश्यले बम बिस्फोटमा परी घाइते भएकाहरुलाई इटा उद्योगमा जलाएको स्वीकार् गरिसकेका छन्।
बम काण्डमा दाजु मोहम्मद अफताब आलमको पनि संलग्नता रहेको भन्दै प्रहरीले खोजी सूचीमा राखेपछि आलमका भाइ मोहम्मद मोहताब आलम फरार भएका थिए ।
मंसिर २२, २०७७ सोमबार १२:५६:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।