अभिनेत्री श्वेता खड्काले बिहेकै दिन सार्वजनिक गरिन् बेहुलाको तस्बिर

अभिनेत्री श्वेता खड्काले बिहेकै दिन सार्वजनिक गरिन् बेहुलाको तस्बिर
तस्बिरहरु : श्वेता खड्काको फेेसबुकबाट।

स्वेताको धनगढीका विजयन्द्र सिंह रावतसँग आज बिहे हुदैछ। उनले सामाजिक संजाल फेसबुकमा मेहन्दी र हल्दी कार्यक्रमको तस्बिर पोस्ट गरेर लेखेकी छन्, ‘मेहन्दीको रङहरुसँगै खुल्दै छु म, जीवनको नयाँ पानाहरुमा भुल्दै छु म…।’
उनीहरुको बिहे गोकर्ण रिसोर्टमा हुन लागेको हो। स्वेताको चर्चित अभिनेता श्रीकृष्ण श्रेष्ठसँग २०७१ असार २३ मा बिहे भएको थियो। त्यसको एक महिनापछि साउनमा श्रेष्ठको उपचारका क्रममा भारतमा निधन भएको थियो।

मंसिर २२, २०७७ सोमबार १२:१२:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।