सुनको भाउ तोलामा सय रूपैयाँ घट्यो 

सुनको भाउ तोलामा सय रूपैयाँ घट्यो 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज (सोमबार) छापावाल सुनको मूल्य प्रतितोला ९२ हजार ६०० रूपैयाँ कायम भएको छ। हिजो यसको मूल्य प्रतितोला ९२ हजार ७०० रूपैयाँ कायम थियो। 

यस्तै, तेजाबी सुनको मूल्य पनि सोही दरमा घट्दा प्रतितोला ९२ हजार १५० रूपैयाँ कायम भएको छ। हिजो यसको मूल्य ९२ हजार २५० रूपैयाँ तोकिएको थियो। 

चाँदीको मूल्य पनि प्रतितोला ५ रूपैयाँ घटेर १ हजार २०५ रूपैयाँ कायम भएको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। 

मंसिर २२, २०७७ सोमबार १०:५४:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।