ट्रक दुर्घटनामा चालकसहित तीन जनाको मृत्यु

ट्रक दुर्घटनामा चालकसहित तीन जनाको मृत्यु

शैल्यशिखर नगरपालिका-९ गोकुलेश्वरबाट दार्चुला सदरमुकाम खलंगातर्फ जादैगरेको ना ३ ख ३४८५ नम्बरको खाली ट्रक मालिकार्जुन गाउँपालिका-१ भर्तोलामा दुर्घटनामा परेको  हो। जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरिक्षक तथा सूचना अधिकारी पुष्कर सिंह ऐरीका अनुसार दुर्घटनामा तीन जनाको घटनास्थलमै मृत्यु भएको छ। मृत्यु हुनेमा बैतडीका न्वाली घर भएका चालक २४ वर्षीय शेर सिह कार्कीको परीचय खुलेको छ, भने  दुई जनाको परिचय खुल्न नसकेको प्रहरीले जनाएको छ।
आईतबार राति १० बजे ट्रक दुर्घटनामा परेको खबर प्रहरीलाई आएपछि धाप प्रहरी चौकी र दत्तु प्रहरी चौकीलाई दुर्घटना स्थलमा परिचालन गरिएको थियो।
ट्रक झण्डै १ सय २० मिटर तल खसेको छ।

मंसिर २२, २०७७ सोमबार ०८:५३:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।