धनगढीमा थप एक कोरोना संक्रमितको मृत्यु 

धनगढीमा थप एक कोरोना संक्रमितको मृत्यु 

धनगढी : कैलालीमा थप एक जना कोरोना भाइरस (कोभिड-१९) संक्रमित पुरुषको मृत्यु भएको छ। 
 

कञ्चनपुरको कृष्णपुर नगरपालिका–२ का ५८ वर्षीय पुरुषको उपचारको क्रममा शनिबार मृत्यु भएको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिप श्रेष्ठले जानकारी दिए।

गत मंसिर १४ गते निमोनियाको लक्षण देखिएपछि धनगढीको एक निजी अस्पताल भर्ना भएका ती पुरुषलाई भोलिपल्ट कोरोना पोजेटिभ देखिएको थियो। त्यसपछि ती पुरुषलाई सेती प्रादेशिक अस्पताल रेफर गरिएको थियो।  

ती पुरुषलाई भेन्टिलेटरमा राखेर उपचार गरिएकोमा शनिबार दिउँसो मृत्यु भएको सूचना अधिकारी श्रेष्ठले जानकारी दिए।

योसँगै अस्पतालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या २१ पुगेको छ। अस्पतालमा अहिले ९ जना गम्भीर रहेको सूचना अधिकारी श्रेष्ठले जानकारी दिए। 

‘अहिले दुई जनाको भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ। थप दुई जना आइसियुमा छन्,’ उनले भने, ‘पाँच जनालाई अक्सिजन दिइरहेका छौं।’

मंसिर २०, २०७७ शनिबार १६:०७:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।