अस्ट्रेलियाविरुद्धको टि–ट्वान्टी खेलमा भारत विजयी 

अस्ट्रेलियाविरुद्धको टि–ट्वान्टी खेलमा भारत विजयी 
तस्बिर : क्रिकइन्फो डट कम

काठमाडौं : घरेलु टोली अस्ट्रेलियाविरुद्धको टि–२० क्रिकेट शृंखला अन्तर्गतको पहिलो खेलमा भारत ११ रनले विजयी भएको छ। 

१६२ रनको लक्ष्य पछ्याएको अस्ट्रेलियाले ७ विकेट गुमाएर १५० रनमा सीमित भएपछि भारतले तीन खेलको शृंखलामा १ ० को अग्रता बनाएको हो।   

अस्ट्रेलियाका लागि आरोन फिन्चले सर्वाधिक ३५ रन जोडे। यस्तै, डि सर्टले ३४, मोइसस हेनरिक्युसले ३० रनको योगदान दिए। यसैगरी, स्टिभ स्मिथ र सिन एबोटले १२ रन जोडे। साथै मिचेल स्विपसन १२ रनमा अविजित रहे। 

बलिङमा युजबेन्द्र चहल र टि नटराजनले समान ३ विकेट लिए। यस्तै, दीपक चहरले १ विकेट चट्काए।  

त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १६१ रन जोडेको थियो। उसका लागि केएल राहुलले सर्वाधिक ५१ रन बनाएका थिए। यस्तै, रविन्द्र जडेजाले अविजित ४४ रन जोडेका थिए। यसैगरी, सञ्जु सैमसनले २३ र हार्दिक पाण्ड्याले १६ रनको योगदान दिएका थिए। 

बलिङमा अस्ट्रेलियाका मोइसेस हेनरिक्सले सर्वाधिक ३ विकेट लिएका थिए। यस्तै, मिचेल स्टार्कले २ तथा मिचेल स्विपसन र एडम जम्पाले समान १ विकेट आफ्नो नाममा लेखाएका थिए। 

क्रिकइन्फो डट कम

मंसिर १९, २०७७ शुक्रबार १९:२६:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।