अवैध सुर्ती उद्योगको मेशिनसहित २ जना पक्राउ

अवैध सुर्ती उद्योगको मेशिनसहित २ जना पक्राउ


विराटनगर : मोरङको  सुन्दरहरैचा नगरपालिका–१० त्रिवेणी चोकबाट सुर्ती बनाउन प्रयोग हुने विभिन्न कच्चा पदार्थ र मेशिन सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ।
 

पक्राउ पर्नेहरुमा धरान उपमहानगरपालिका–१३ का मुकेश कुमार अग्रवाल र भोजपुर पौवादुम्बा गाउँपालिका–६ का सुरेश तामाङ छन्। सुन्दरहरैंचामा  घर भाडामा लिएर उनीहरुले राजश्व छलि गरी अवैध रुपमा ‘गेल्डेन टेम्पल’नामको सुर्ती उद्योग संचालन गर्दै आएका थिए।

अवैध रुपमा सुर्ती उद्योग सञ्चालनमा रहेको सूचनाका आधारमा  खटिएको प्रहरीले उक्त घर तलासी गर्दा १९ बोरा सुर्ती,  १ थान दानी स्ट्याम्प छाप, १ थान लेटर प्याड, १ थान फोन डायरी बरामद गरेको छ।

यस्तै  राजश्व कार्यालयका कागज पत्र, सुर्ती रेडिमेट बनाउन प्रयोग हुने विभिन्न कच्चा पदार्थ, केमिकलहरू, सुर्ती खैनी प्याकिङ गर्ने  १ थाम मेशिन, २ बोरा चुना र १२ बोरा रेडिमेट खैनी फेला पारी खैनी बनाउने २ जना लाई पक्राउ गरेको हो।

पक्राउ परेकामध्ये मुकेशले गत असोज ५ गते साँझ सोही उद्योगमा १७ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको समेत खुल्न आएपछि उनलाई जबरजस्ती करणी मुद्दामा म्याद थप भई ईलाका प्रहरी कार्यालय वेलवारीबाट  थप अनुसन्धान भइरहेको  मोरङ प्रहरीले जनाएको छ।

यस्तै  तामाङलाई बरामद सामान सहित आवश्यक कारवाहीको लागि आन्तरिक राजश्व कार्यालय विराटनगरमा बुझाइएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रबक्ता मानबहादुर राईले जानकारी दिए।   

मंसिर १९, २०७७ शुक्रबार १७:११:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।