प्रदेश प्रमुख प्यासीमा स्वास्थ्य समस्याः उपचारका लागि काठमाण्डौं रिफर

विराटनगर : प्रदेश १ का प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीलाई उपचारका लागि काठमाण्डौं लगिएको छ।
उनलाई शुक्रबार दिउँसो काठमाण्डौं लगिएको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ। कोरोना संक्रमित भएका अधिकारीको स्वास्थ्य अवस्थामा सुधार नआएपछि थप उपचारका लागि काठमाण्डौ लगिएको हो।
कोरोना संक्रमण पुष्टि भएपछि केही दिनदेखि होम आइसोलेसनमा बस्दै आएका ७२ वर्षे प्यासीमा स्वासप्रस्वासमा समेत समस्या देखिएको छ।
अक्सिजनको लेभल ९० भन्दा कम भएको र केही समयदेखि अक्सिजन लेभल नबढेका कारण उपचारका लागि काठमाण्डौं लगिएको प्रदेश प्रमुखको कार्यालयका सुचना अधिकारी रिता खतिवडाले जानकारी दिइन्।
मंसिर १९, २०७७ शुक्रबार १६:४०:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।