सशस्त्र प्रहरीका हवलदार घूसहित पक्राउ

भैरहवा : सशस्त्र प्रहरी बल, बोर्डर आउट पोष्ट कपिलवस्तु कृष्णनगरका सशस्त्र प्रहरी सहायक हवल्दार लिलबहादुर गुरुङलाई अख्तियार टनेलीले नियन्त्रणमा लिएको छ।
सेवाग्राहीबाट ३५ हजार घुस लिँदै गरेको अवस्थामा गुरुङलाई शुक्रबार नियनत्रणमा लिइएको अख्तियार बुटवल कार्यालयका सूचना अधिकारी सुरेश भुसालले जानकारी दिए।
घरायसी सामान ओसारपसारमा सहजीकरण गरिदिएबापत सेवाग्राहीबाट ३५ हजार घूस माग गरिरहेको भन्ने उजुरी तथा सूचनाको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, बुटवलबाट खटिएको टोलीले हवल्दार गुरुङलाई नियन्त्रणमा लिएको हो।
सूचना अधिकारी भुसालका अनुसार कपिलवस्तुको कृष्णनगर नगरपालिका–१२ गोलघरस्थित मिलन रेष्टुरेण्ट एण्ड दुर्गा गेष्ट रङेहात नियन्त्रणमा लिइएको हो। उनीमाथि थप अनुसन्धान भइरहेको छ।
मंसिर १९, २०७७ शुक्रबार १५:५६:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।