सुनको भाउ चार दिनदेखि उकालो

काठमाडौं : सुनको भाउ पछिल्लो चार दिनयता निरन्तर उकालो लागेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गत मंगलबारयता सुनको भाउ उकालो लागेको हो। त्यसयता सुनको भाउ प्रतितोला २ हजार ९०० बढिसकेको छ।
सुनचाँदी व्यवसायी महासंघका अनुसार गत मंगलबार तोलामा ५०० रूपैयाँ बढेर ९० हजार ५०० रूपैयाँ कायम भएको छापावाल सुन आज (शुक्रबार) ९२ हजार ९०० पुगेको छ।
गत बुधबार प्रतितोला ९१ हजार कायम भएको सुन बिहीबार प्रतितोला १ हजार ६०० रूपैयाँ बढेको थियो। उक्त दिन छापावाल सुन प्रतितोला ९२ हजार ६०० रूपैयाँ पुगेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। पछिल्लो पटक भने सुनको भाउ तोलामा ३०० रूपैयाँ बढेको छ।
पछिल्लो चार दिनमा चाँदीको मूल्य भने प्रतितोला ९० रूपैयाँ बढेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। गत मंगलबार तोलामा ३५ रूपैयाँ १ हजार १५५ रूपैयाँ पुगेको चादीको मूल्य आज १ हजार २१० रूपैयाँ पुगिसकेको छ।
मंसिर १९, २०७७ शुक्रबार १३:१२:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।