दुर्घटनामामा एकको मृत्यु

दुर्घटनामामा एकको मृत्यु

भैरहवा  : मोटरसाइकल अनियन्त्रित भइ सडकको रेलिङमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ।

मृत्यु हुनेमा मोटरसाइकल चालक रुपन्देहीको ओमसतिया गाउँपालिका–१ का ३५ वर्षीय कमल प्रकाश कार्की छन्।

लुम्बिनी प्रदेश प्रहरी कार्यालयका  प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) राजकुमार बैदवारका अनुसार बिहीबार तिलोत्तमा नगरपालिका–५ सखुवानीमा लु

३७ प ९१७८ नम्बरको कार्की सवार मोटरसाइकल सडकको रेलिङमा ठोक्किँदा घाइते भएका उनलाई उपचारका लागि मणिग्रामस्थित क्रिमसन अस्पताल पठाइएको थियो।

उपचारको क्रममा आज उनको मृत्यु भएको एसएसपी वैदवारले बताए। मोटरसाइकल प्रहरी नियन्त्रणमा रहेको र घटनाबारे जिल्ला प्रहरी कार्यालय रुपन्देहीबाट थप अनुसन्धान भइरहेको उनले बताए।

मंसिर १८, २०७७ बिहीबार १७:१४:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।