आयुर्वेदिक औषधि प्रयोग गर्नेको संख्या बढ्यो

सेती आयुर्वेदिक औषधालयका अनुसार जिल्ला भरी आयुर्वेदिक औषधी प्रयोग गर्नेहरुको संख्या बढीरहेको छ। सेती आयुर्वेदिक औषधालयमा गत आर्थिक वर्षमा २७ हजार ५ सय ७ जनाले आयुर्वेदिक औषधी लिएका छन्।
निशुल्क औषधी पाइने भएको हुँदा कैलाली कञ्चनपुरका विभिन्न क्षेत्रहरुबाट औषघि लिन आउने गरेका छन्। पछिल्लो ४ महिनामा मात्रै ६ हजार २९ जनाले औषधि लिएका छन्।ती मध्ये २ हजार २ सय ६५ जना कोरोना सक्रमितले आयुर्वेदिक औषधी प्रयोग गरेको सेती आयुर्वेदिक औषधालयले जनाएको छ।
कोरोना संक्रमण बढिरहेको बेला रोग प्रतिरोधात्मक शक्ति बढाउने जडीबुटीबाट बनेका आयुर्वेदिक औषधी प्रयोग गरेको बढेको सेती आयुर्वेदिक औषधालयका प्रमुख खगेन्द्र बमले बताए।
आयुर्वेदिक औषधालयबाट सबै भन्दा धेरै दिर्घ रोगीहरुले सेवा लिइरहेका छन्। दम,बाथ,उच्च रक्तचाप,मधुमेह लगायतका बिरामीले औषधी लिन आउँने गरेको उनले बताए।
कोरोना महामारी फैलिनुअघिसम्म दैनिक ४० जना निशुल्क औषधी लिन आउने गरेकोमा हाल औषधि लिन आउनेहरुको संख्या दुई गुणाले बढेको बमले बताए।
मंसिर १७, २०७७ बुधबार १६:२४:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।