फरार प्रतिवादी १५ वर्ष पछि पक्राउ

सवारी ज्यान मुद्दाका फरार मोरङ ग्रामथान–२ का ३३ वर्षीय वलराम सरदार१५ वर्ष पछि पक्राउ परेको प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ।
प्रदेश प्रहरी कार्यालयका अनुसार उनलाइ जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो।
२०६२ मंसिर १९ गते सरदारले चलाएको कस्तुरी उच्च मावि इटहरीको ना २ ख ६० नम्बरको बस सुनसरी मधेसा–४ स्थित राजमार्गमा दुर्घटना हुँदा बसमा सवार १८ वर्षीया छात्रा लक्ष्मी श्रेष्ठको मृत्यु भएको थियो।
बस दुर्घटना पश्चात फरार रहेका सरदारलाई मंगलबार पक्राउ गरी कानुनी कारबाही अगाडी बढाईएको प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ।
यसै गरी जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले ठगी र नकाव लगाएर चोरी गर्ने तीन जना फरार प्रतिवादीहरुलाई पक्राउगरेको छ।
पक्राउ पर्नेमा ठगी मुद्दाका विराटनगर–६ का ५३ वर्षीय सकिल खान रहेका छन्।
चोरीमा विराटनगर–१ का ३० वर्षीय लाले राय सहनी र सोही स्थानका ४८ वर्षीय दिपेश राय सहनी रहेका छन्।
२०७३ साल असार २४ गते देखि फरार रहेका थिए। पक्राउ गरिएकाहरूलाई जिल्ला अदालत मोरङमा बुझाइएको प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ।
मंसिर १७, २०७७ बुधबार १६:१३:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।