दुर्घटनामा बालिकाको मृत्यु

बुधबार सुनसरी भोक्राहा नर्सीङ गाँउपालिका–८ की १० बर्षीया रेहना खातुनको ट्याक्टरको ठक्करबाट मृत्यु भएको हो।
भोक्राहा नर्सीङ गाँउपालिका–८ स्थित भित्री सडकखण्डमा को.२ त २०२३ नम्बरको ट्याक्टरले को.११ प.१२०० नम्बरको मोटरसाइकललाई ठक्कर दिदा मोटरसाईकल पछाडी सवार बालिका खातुनको घट्नास्थलमै मृत्यु भएको हो।
ठक्कर दिने ट्याक्टर र चालक सुनसरी गढी–२ का ३५ बर्षीय अनिल उराउलाई प्रहरीले नियन्त्रणमा लिएर आवश्यक कार्वाही अगाडि बढाएको प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ।
मंसिर १७, २०७७ बुधबार १६:०४:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।