कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल पक्राउ

निषेधाज्ञा तोडेको भन्दै जिल्ला प्रहरी कार्यालय तनहुँले पौडेललाई केहीबेर अघि नियन्त्रणमा लिएको हो।
तनहुका सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले पौडेलले निषेधाज्ञा तोडेकोले नियन्त्रणमा लिइएको जानकारी दिए।
‘प्रशासनले जारी गरेको निषेधाज्ञा उहाँले तोडेपछि प्रहरीले नियन्त्रणमा लिएको हो’ बरालले भने,‘भीडभाडमा उहाँकै सुरक्षाका लागि पनि नियन्त्रणमा लिनुपर्ने भयो।’
पौडेललाई नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालयमा राखिएको बरालले जानकारी दिए।
बरालका अनुसार पौडेलले तनहुँ व्यासस्थित बुल्दी पुल उद्घाटन गर्ने कार्यक्रम थियो।
सत्तारुढ युवा संघले काँग्रेस नेता पौडेलबाट पुल उद्घाटन गर्न नहुने भन्दै बिरोध जनाएपछि प्रशासनले उक्त क्षेत्रमा मध्यान्न १२ बजे देखि बेलुकी ६ बजे सम्मका लागि निषेधाज्ञा जारी गरेको थियो।
युवा संघको बिरोध र प्रशासनको आदेश विपरित पौडेलले पुल उद्घाटन गर्न खोजेपछि प्रहरीले नियन्त्रणमा लिएको हो।
गण्डकी प्रदेश सरकारको बेजटबाट निर्माण भएको उक्त पुल पौडेललाई उद्घाटन गर्न नदिन भन्दै प्रदेश सरकारले पनि जिल्ला प्रशासनलाई पत्र लेखेको बरालले जानकारी दिए।
यस बिषयमा छलफल गर्न सर्वदलिय बैठक बोलाउने तयारी भैरहेको पनि बरालले जानकारी दिए।
स्थिती सहज भएपछि पौडेललाई छोडिने बरालले बताए।
पौडेलले पुल उदघाटन गर्ने भने पछि युवा संघले बुधबार बिहान ११ बजेदेखि करिब आधा घण्टा मोटरसाइकल र्यालीसहित प्रदर्शन र कोणसभा गरेको थियो।
मंसिर १७, २०७७ बुधबार १६:०३:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।