दुर्घटनामा परी मोटरसाइकल चालकको मृत्यु

दुर्घटनामा परी मोटरसाइकल चालकको मृत्यु

जनकपुरधाम : धनुषामा दुर्घटनामा परी एक मोटरसाइकल चालकको मृत्यु भएको छ। मिथिला नगरपालिका–९ बडहरीस्थित सोमवार राति  गाडीको ठक्करबाट गम्भिर घाईते भएका मिथिला नगरपालिका–६ का ३८ वर्षीय पंचदेव साहको उपचारको क्रममा मृत्यु भएको हो।

चार पांङग्रे सवारीको ठक्करबाट उनको मृत्यु भएको प्रहरीले जनाएको छ। ढल्केवरबाट बर्दिवास तर्फ जाँदैगरेको ज.७ प.५९८६ नम्बरको मोटरसाईकलमा नम्बर पहिचान हुन नसकेको गाडीले ठक्कर दिएको थियो। मृतक साहलाई ठक्कर दिने गाडि फरार छ।

यता, ठक्कर दिने गाडिलाई प्रहरीले पक्राउ नगरेको भन्दै ढल्केवरका व्यापारी तथा स्थानीयबासीहरु मंगलवार बिहान साढे ८ बजेदेखि साढे ९ बजेसम्म पूर्वपश्चिम राजमार्ग अवरुद्ध गरेका थिए।

राजमार्ग अवरुद्ध भएपछि इलाका प्रहरी कार्यालय ढल्केवरका प्रहरी निरीक्षक तिर्थ कार्कीले ठक्कर दिने सवारीलाई खोजीकार्य तीव्र पारेकोले छिट्टै पक्राउ पर्ने बताएका छन्।

 

मंसिर १६, २०७७ मंगलबार १२:२४:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।