गुल्मीका कोरोना संक्रमित वृद्धको भैरहवामा मृत्यु

भैरहवा : कोरोना भाइरस संक्रमित गुल्मीका एक जना पुरुषको भैरहवामा उपचारका क्रममा मृत्यु भएको छ।
गुल्मीको सत्यवति गाउँपालिक-३, का ९८ वर्षीय पुरुषको भैरहवास्थित भीम अस्पतालमा उपचारका क्रममा राति १२ः४५ मा मृत्यु भएको हो।
अस्पतालका सूचना अधिकारी डा.नारायण पोखरेलकाअनुसार स्वास्थ्य अवस्था जटिल भएपछि मंसीर १२ गते उनलाई भीम अस्पतालमा भर्ना गरिएको थियो। उनमा मंसिर ११ गते कोरोना संक्रमण पुष्टि भएको थियो।
ती वृद्धमा उच्च रक्तचापको समस्या थियो।
मंसिर १६, २०७७ मंगलबार १०:५९:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।