नक्कली नोट छाप्ने मेसिनसहित तीन पक्राउ

कञ्चनपुर : कञ्चनपुरमा नक्कली नोट छाप्ने मेसिनसहित तीन जनालई प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेमा कञ्चनपुरको भीमदत्त नगरपालिका–१८ मा डेरा गरी बस्ने रितिका बम, उनका श्रीमान अनुज शर्मा र भगतपुरका दिपक नाथ छन्।
पक्राउ परेकाहरुलाई जिल्ला प्रहरी कार्यालय, कञ्चनपुरले सोमबार पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको छ।
बम र शर्मालाई मेहेन्द्रनगरस्थित बजारमा फेला पारी खनतलासी लिँदा एक हजार दरको दुई वटा नक्कली नोट भेटिएको डीएसपी अमरबहादुर थापा क्षेत्रीले जानकारी दिए।
त्यसपछि डेरा कोठामा खानतलासी गर्ने क्रममा थप नक्कली नोट, फोटोकपी पेपर, नक्कली नोट बनाउने मेसिन, कैँची लगायतका सामग्री बरामद भएको प्रहरीले जनाएको छ।
दिपकलाई नक्कली नोट लिएर अरुण शाहको पसलमा सामान किन्न जाँदा पक्राउ गरेको प्रहरीले जनाएको छ।
तीनै जनालाई मुद्रा सम्बन्धी कसुरमा जिल्ला अदालतबाट ५ दिन म्याद थप गरेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
नक्कली नोटबारे थप अनुसन्धान भैरहेको पनि प्रहरीले जानकारी दिएको छ।
मंसिर १५, २०७७ सोमबार १८:२१:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।