एम्बुलेन्स दुर्घटनामा बिरामीको मृत्यु, ३ जना घाइते 

एम्बुलेन्स दुर्घटनामा बिरामीको मृत्यु, ३ जना घाइते 

विराटनगर : विराटनगर, कञ्चनबारीस्थित कोसी राजमार्गमा एक्वुलेन्स दुर्घटना हुँदा उपचारका लागि आउँदै गरेका बिरामीको मृत्यु भएको छ।

मृत्यु हुनेमा सप्तरी तिलाठी कोइलाडी -२ का ६५ वर्षीय नुनुलाल मण्डल छन्। तिब्र गतिमा आएको एम्बुलेन्स सडकमा रोकेर राखेको भारतीय नम्बर प्लेटको लरीमा ठोकिएर दुर्घटना भएको थियो।

सप्तरीको तिलाठीबाट विरामी लिएर आएको स.१ च. ११२२ नम्बरको एम्बुलेन्स रोकिराखेको एनएलएल ०३३६ नम्बरको भारतीय लरीमा ठोक्किएको थियो।

मोरङ प्रहरीका अनुसार सोमबार विहान भएको दुर्घटनामा विरामीको मृत्यु भएको र अन्य तीनजना घाइते भएका छन्।

दुर्घटनामा गम्भीर घाइते भएका उनको विराटनगरस्थित नोवेल शिक्षण अस्पतालमा मृत्यु भएको हो। घाइते हुनेहरूमा तिलाठी कोइलाडी-२ कै जितेन्द्र मण्डल, रामसुन्दर मण्डल र भोलिदेवी मण्डल छन्।

तीनै जनाको नोवेल अस्पतालमा उपचार भइरहेको छ। एम्बुलेन्स चालक हरिनारायण यादव फरार रहेकाले खोजी भइरहेको मोरङ प्रहरीका प्रवक्ता मानबहादुर राईले जानकारी दिए। 

मंसिर १५, २०७७ सोमबार १६:५१:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।