सरुवा रोग अस्पताल शिलान्यास

सरुवा रोग अस्पताल शिलान्यास

जनकपुरधाम : प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले बाराको कलैयामा ५० सैयाको सरुवा रोग तथा महामारी नियन्त्रण अस्पतालको शिलान्यास गरेका छन्।

सोमबार मुख्यमन्त्री राउतले कलैया उपमहानगरपालिका–१६ झिटकैयामा ५० बेडको सरुवा रोग तथा महामारी नियन्त्रण अस्पतालको शिलान्यास गरेका हुन।

शिलान्यास कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री राउतले अस्पताल प्रादेशिक गौरवको योजनाको रुपमा अघि बढ्ने बताए।

जिल्ला समन्वय समिति बाराका अध्यक्ष नवल किशोर सिहको अध्यक्षतामा भएको शिलान्यास कार्यक्रम्मा विशिष्ट अतिथिमा प्रतिनिधि सभा सदस्य रामसहाय यादव, रामबाबु कुमार यादव,  प्रदेश सभा सदस्य पारस प्रसाद साह, ज्वाला साह, बाच्चा यादव, कलैया उप–महानगरपालिकाका प्रमुख राजेश राय यादव लगायतको सहभागिता थियो।

सामाजिक बिकास मन्त्रालय प्रदेश २ का सचीव कृष्ण काप्रीले कार्यक्रमको सहजीकरण गरेका थिए।

काप्रीले ७ बिघा जगामा बन्न लागेको अस्पताल ३२ करोडमा बन्न लागेको हो।

बजेट संघ सरकारबाट बितिय हस्तान्तरण भएर आउने र सामाजिक बिकास मन्त्रालयले बनाउने उनले जानकारी दिए। 


 

मंसिर १५, २०७७ सोमबार १६:४०:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।