अछाममा बस दुर्घटना, एकको मृत्यु, १७ घाइते

धनगढी : अछाममा बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। अछामबाट धनगढी आउँदै गरेको ना४ख ९९७२ नम्बरको बस चौरपाटी गाउँपालिका–७, मार्कुमा दुर्घटनाग्रस्त बनेको हो।
दुर्घटनामा साँफेबगर नगरपालिका–३ का अन्दाजी १७ वर्षीय निरज कुँवरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, अछामले जानकारी दिएको छ। उनको अछामस्थित बयलपाटा अस्पताल लैजादै गर्दा बाटोमा मृत्यु भएको प्रहरीले जनाएको छ।
निरज कुँवर।
दुर्घटनामा थप १७ जना घाइते भएका छन्। उनीहरूको अछामस्थित बलयपाटा अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय, अछामका प्रहरी निरीक्षक लोकेन्द्र सिंह गुरुले बताए। यान्त्रिक खराबी हुँदा बस दुर्घटना भएको अनुमान गरिएको उनको अनुमान छ।
बस साँफे–चौखुट्टे सडकखण्डबाट ६० मिटर तल खसेको थियो।
मंसिर १५, २०७७ सोमबार १३:२८:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।