अस्ट्रेलियाले जित्यो भारतविरुद्धको वनडे क्रिकेट शृंखला

सिड्नीमा आज (आइतबार) सम्पन्न दोस्रो वनडे ५१ रनले जितेसँगै अस्ट्रेलियाले एक खेलअगावै शृंखला जितेको हो। एक दिवसीय शृंखलामा अस्ट्रेलिया २-० ले अगाडि छ। यसअघि अस्ट्रेलियाले पहिलो खेल ६६ रनले जितेको थियो।
३९० रनको विजयी लक्ष्य पछ्याएको भारत निर्धारित ओभरमा ९ विकेट गुमाएर ३३८ रनमा सीमित भयो। भारतका लागि कप्तान विराट कोहलीले सर्वाधिक ८९ र उपकप्तान केएल राहुलले ७६ रन बनाए। यस्तै, श्रेयस ऐयरले ३८ रन बनाउँदा शिखर धवनले ३० रनको योगदान दिए। रविन्द्र जडेजाले आक्रामक २४ रन बनाए।
बलिङमा अस्ट्रेलियाका प्याट कमिन्सले सर्वाधिक ३ विकेट लिए। यस्तै, जोश हेजलवुड तथा एडम जम्पाले समान २ विकेट चट्काए।
त्यसअघि टस जितेर ब्याटिङ गरेको अस्ट्रेलियाले निर्धारित ५० ओभरमा ४ विकेट गुमाएर ३८९ रन बनाएको थियो। उसका लागि स्टिभ स्मिथले १०४ रन बनाए। यस्तै, डेभिड वार्नरले ८३, मार्कस लाबुसानेले ७० र कप्तान आरोन फिन्चले ६० रन बनाए।
यसैगरी, ग्लेन म्याक्सवेलले आक्रामक रुपमा ६३ रन बनाए।
बलिङमा भारतका मोहम्मद सामीले सर्वाधिक ३ विकेट लिएका थिए। यस्तै, हार्दिक पाण्ड्या, जसप्रित बुमराह र मोहम्मद सामीले समान १ विकेट लिए।
शृंखला अन्तर्गतको तेस्रो एकदिवसीय खेल यही बुधबार हुनेछ।
क्रिकइन्फो डट कम
मंसिर १४, २०७७ आइतबार १८:२६:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।