अस्ट्रेलियाविरुद्ध एकदिवसीय खेलमा भारत पराजित 

अस्ट्रेलियाविरुद्ध एकदिवसीय खेलमा भारत पराजित 
तस्बिर : क्रिकइन्फो डट कम।

सिड्नीमा आज (शुक्रबार) भएको पहिलो खेलमा ३७५ रनको लक्ष्य पछ्याएको भारतले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर ३०८ रन मात्रै बनाउन सक्यो। 

उसका लागि छैटौं नम्बरमा ब्याटिङ गर्न आएका अलराउन्डर हार्दिक पाण्ड्याले सर्वाधिक ९० रनको पारी खेले। एकदिवसीय खेलमा यो उनको सर्वाधिक स्कोर हो। त्यस्तै, प्रारम्भिक ब्याट्सम्यान शिखर धवनले ७४ रन बनाए। अन्य खेलाडीले उल्लेख्य प्रदर्शन गर्न सकेनन्। 

बलिङमा अस्ट्रेलियाका एडक जम्पाले सर्वाधिक ४ विकेट लिए। यस्तै, जोश हेजलवुडले ३ र मिचेल स्टार्कले १ विकेट आफ्नो नाममा लेखाए। 

त्यसअघि टस जितेर ब्याटिङ गरेको अस्ट्रेलियाले निर्धारित ५० ओभरमा ६ विकेट गुमाएर ३७४ रन बनाएको थियो। उसका लागि कप्तान आरोन फिन्चले ११४ रन बनाएका थिए। यस्तै, स्टिभ स्मिथले पनि सतकीय पारी खेलेका थिए। उनले ६६ बलमा १०५ रन बनाएका थिए।यसैगरी, प्रारम्भिक ब्याट्सम्यान डेभिड वार्नरले ६९ रन जोड्दा ग्लेन म्याक्सवेलले ४५ रनको योगदान दिएका थिए।

बलिङमा भारतका मोहम्मद सामीले सर्वाधिक ३ विकेट लिएका थिए। यस्तै, जसप्रित बुमराह, नवदीप सैनी र युजबेन्द्र चहलले समान १ विकेट चट्काएका थिए। 

जितसँगै अस्ट्रेलियाले तीन खेलको एवदिवसीय क्रिकेट शृंखलामा १-० ले अग्रता बनाएको छ। 

क्रिकइन्फो डट कम
 

मंसिर १२, २०७७ शुक्रबार २०:३०:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।