भारत-अस्ट्रेलिया वनडे सुरु, टस जितेर ब्याटिङ गर्दै अस्ट्रेलिया

भारत-अस्ट्रेलिया वनडे सुरु, टस जितेर ब्याटिङ गर्दै अस्ट्रेलिया
भारतविरुद्ध ब्याटिङ गर्दै अस्ट्रेलियाका डेभिड वार्नर। तस्बिर : क्रिकइन्फो डट कम।

काठमाडौं : भारत र अस्ट्रेलियाबीचको एकदिवसीय (वनडे)क्रिकेट आज (शुक्रबार) सुरु भएको छ। घरेलु टोली अस्ट्रेलियाले टस जितेर ब्याटिङ गरिरहेको छ। 

पहिलो पारीको ७ ओभरको खेल सकिँदा अस्ट्रेलियाले विकेट नगुमाएर ३७ रन जोडेको छ। उसका लागि आरोन फिन्च २२ र डेभिड वार्नर १३ रनमा खेलिरहेका छन्। 

भारतका मोहम्मद सामी र जसप्रित बुमराहले समान ३ तथा नवदीप सैनीले १ ओभर बलिङ गरेका छन्। 

भारतले अस्ट्रेलियामा तीन एवदिवसीय क्रिकेट शृंखलासँगै समान टि–ट्वान्टी र चार टेस्ट खेल खेल्नेछ। 

कोरोना भाइरस (कोभिड-१९) संक्रमणको महामारीपछि भारतले पहिलो पटक अन्तर्राष्ट्रिय क्रिकेट शृंखला खेलिरहेको हो। अस्ट्रेलियाले भने यसअघि इंग्ल्याण्डसँग खेलिसकेको छ। 

मंसिर १२, २०७७ शुक्रबार १०:२१:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।