रुपन्देहीमा थप एक कोरोना संक्रमितको मृत्यु

भैरहवा : रुपन्देहीमा थप एक जना कोरोना भाइरस (कोभिड-१९) संक्रमित महिलाको मृत्यु भएको छ।
बुटवल उपमहानगरपालिका–११ की ६० वर्षीया महिलाको भैरहवास्थित भीम अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो।
अस्पतालका सूचना अधिकारी डा.नारायण पोखरेलका अनुसार स्वास्थ्य अवस्था जटिल भएपछि बिहीबार राति १२ बजे ती महिलालाई भीम अस्पतालमा भर्ना गरिएको थियो। त्यसको ४० मिनेटपछि राति १२ः४० मा उपचारकै क्रममा ती महिलाको मृत्यु भएको हो।
ती महिलालाई हिजो कोरोना संक्रमण पुष्टि भएको थियो।
मंसिर १२, २०७७ शुक्रबार ०९:४७:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।