वार्षिकोत्सवमा सिभिल बैंकको सामाजिक कार्य

नेपाल राष्ट्र बैंकबाट ‘क’ वर्गको अनुमतिप्राप्त सिभिल बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वको लागि नयाँ नारा “म एक जिम्मेवार सिभिलियन” अघिसारेको छ।
सोही नारा अन्र्तगत बैंकले वार्षिकोत्सवको अवसरमा बुधबार कोरोना संक्रमणको उपचारार्थ आवश्यक पर्ने प्लाज्मादान गर्न बैंकका कोरोना संक्रमण भई निको भएका कर्मचारीहरुबाट प्रतिवद्धता जनाएको छ।
यस्तै बैंकले “हाम्रो टिम नेपाल” संग सहकार्य गरीे कोरोना महामारीको कारण रोजगारी गुमाएकाहरुकालागि टुंडिखेलमा निःशुल्क १० छाक भोजन खुवाउने जनाएको छ।
यस्तै बैंकले मातातिर्थ बृद्धाश्रममाआश्रृत बृद्धबृद्धाहरुका लागि ३ महिनालाई पुग्ने चामल बृद्धाश्रमका अध्यक्ष हरि खड्कालाई हस्तान्तरण गरेको जनाएको छ।
वार्षिकोत्सव कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङले बैंकले विगत १० वर्षमा हासिल गरेको उपलब्धिहरु प्रस्तुत गरे।
बैंक संचालक समितिका अध्यक्ष ईच्छाराज तामाङले सबैलाई धन्यबाद ज्ञापन गरे।
मंसिर १०, २०७७ बुधबार १७:२४:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।