४३० लिटर डिजेलसहित तीन जना पक्राउ

प्रहरीका अनुसार सुनसरी, हरिनगरा गाउँपालिका–६ का शत्रुधन साह, नजाम खान र अकवाल मियाँलाई नियन्त्रणमा लिएको हो।
उनीहरूले तीन वटा मोटरसाइकलको प्रयोग गरी नेपालबाट भारततर्फ डिजेल चोरी निकासी गर्दै आएको प्रहरीको भनाइ छ।
जिल्ला प्रहरी कार्यालय, मोरङका अनुसार उक्त डिजेलको मूल्य ३४ हजार ४ सय रूपैयाँ पर्छ। झापा, मोरङ र सुनसरीका सीमावर्ती क्षेत्रका पम्पबाट बर्षौंदेखि डिजेल चोरी निकासी हुँदै आएको छ।
नेपालभन्दा भारतमा डिजेल महँगो भएकाले तस्करले चोरबाटो प्रयोग गरी भारत लैजाने गरेको प्रहरीको भनाइ छ।
मंसिर १०, २०७७ बुधबार १६:४०:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।