ज्येष्ठ नागरिक भवनको शिलान्याश  

ज्येष्ठ नागरिक भवनको शिलान्याश  

भवनको विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुली, उपप्रमुख इन्दिरा कार्की र जग्गा दाताहरू चिरञ्जीवी दाहाल र लक्ष्मी दाहालले संयुक्तरूपमा बुधबार शिलान्याश गरे।  

भवन निर्माणका लागि दाहाल दम्पतिले पाँच लाख मूल्य बराबरको ८ धुर जग्गा निःशुल्क  उपलब्ध गराएका थिए। 

भवन निर्माणका लागि एक करोड रूपैयाँको लागत लाग्ने अनुमान गरिएको छ। दुई तले पक्की ज्येष्ठ नागरिक भवनमा भुइँ तलामा सभाहल हुनेछ भने माथिल्लो तलामा पत्रपत्रिकासहितको पुस्तकालय र कार्यालय हुनेछ। 

भवन निर्माण भइसकेपछि हरेक दिन ज्येष्ठ नागरिकहरूलाई भजनकीर्तन र योग गर्ने व्यवस्था मिलाइने वडाअध्यक्ष तीर्थेन्द्र न्यौपानेले जानकारी दिए। 

कार्यक्रमलाई सम्बोधन गर्दै मेयर पराजुलीले भवन निर्माणका लागि महानगरपालिकाले ३० लाख रूपैयाँ उलपब्ध गराउने जानकारी दिए। 

ज्येष्ठ नागरिकको अनुभव, ज्ञान र सीपलाई समाजले ग्रहण गर्नुपर्ने भन्दै मेयर पराजुलीले महानगरले ज्येष्ठ नागरिकको सम्मानका लागि मासिक एक हजार रूपैयाँ उपलब्ध गराउँदै आएको बताए। 

‘ज्येष्ठ नागरिकप्रति महानगरको उच्च सम्मान छ,’ मेयर पराजुलीले भने, ‘त्यही भएर  महानगरले हरेक महिना एक हजार रूपैयाँ सम्मानस्वरूप उपलब्ध गराउँदै आएको छ।’  

जग्गादाता चिरञ्जीवि दाहालले भवन निर्माणका लागि थप सहयोग गर्ने प्रतिबद्धता जनाए। ज्येष्ठ नागरिक समाजका अध्यक्ष ललित श्रेष्ठले भवन निर्माणका लागि हालसम्म १० लाख रूपैयाँभन्दा बढी रकम संकलन भइसकेको जानकारी दिए। 

मंसिर १०, २०७७ बुधबार १६:१५:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।