तस्करी गरेर ल्याइएको औषधि बरामद

विराटनगर : भारतबाट तस्करी गरेर घरमा लुकाइराखेको औषधि प्रहरीको टोलिले बरामद गरेको छ।
तस्करी गरेर भारतबाट ल्याइएको औषधि मोरङ प्रहरीको छटोलिले छापा मारेर बरामद गरेको हो।
भारतबाट तस्करी गरेर ल्याएको औषधि विराटनगर–१३ का नरेश यादवको घरमा लुकाएर राखिएको सूचनाका आधारमा उनको घरमा छापा माार्दा औषधि बरामद भएको मोरङ प्रहरी प्रमुख एस्पी सन्तोष खड्काले बताए।
उनका अनुसार यादवको घरबाट चार कार्टुन औषधी बरामद भएको छ। बरामद औषधीको अनुसन्धानका लागि औषधी व्यवस्था विभागमा बुझाइएको खड्काले जानकारी दिए।
अबैध रुपमा औषधि आयात गरी घरमा लुकाएर राखेका यादव भने फरार रहेको खड्काले बताए। बालुवा गिट्टीको कारोबार गर्दै आएका यादवले सीमापार समेत नेपालको बालुवा गिट्टी तस्करी गरी बिक्री गर्दै आएको र नेपालबाट गिटी बालुवा लिएर भारत जाने ट्याक्टरमा राखेर औषधि ल्याउने गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको मोरङ प्रहरीले जनाएको छ।
मंसिर ९, २०७७ मंगलबार १७:३६:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।