सफारीबाट लडेका चालकको मृत्यु 

सफारीबाट लडेका चालकको मृत्यु 


विराटनगर : मोरङको कटहरीमा गुडिरहेको सिटी सफारीबाट लडेर चालकको मृत्यु भएको छ।

कटहरी–१ चौधरी चोकमा सडकमा गुडिरहेको सिटी सफारीबाट लडेका विराटनगर–२ का ३५ वर्षीय सफारी चालक सुनिल मण्डलको घटनास्थलकै मृत्यु भएको हो। 

जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख सन्तोष खड्काका अनुसार मण्डल को २ ह ५४९२ नम्बरको खाली सफारी लिएर विराटनगरबाट मिलन चोकतर्फ जाँदै थिए।

लडेका बेला चालक आफैँले सफारी चलाइरहेका थिए। चालकको मृत्युको कारणबारे अनुसन्धान थालिएको मोरङ प्रहरीले जनाएको छ। 

मंसिर ९, २०७७ मंगलबार १७:०९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।