कोरोना संक्रमणबाट पूर्व गाविस अध्यक्षको मृत्यु 

कोरोना संक्रमणबाट पूर्व गाविस अध्यक्षको मृत्यु 


विराटनगर : कोरोना संक्रमणका कारण मोरङ पथरीका पूर्व गाविस अध्यक्षको मृत्यु भएको छ।

विराट मेडिकल कलेजमा उपचारका क्रममा  मोरङको साबिक पथरी गाविसका अध्यक्ष ६६ वर्षीय तिलक वान्तवा राईको  मंगलबार बिहान मृत्यु भएको अस्पतालले जनाएको छ । 


 पथरी शनिश्चरे नगरपालिका–१ घर भएका राईलाई कात्तिक २१ गते कोरोना पोजेटिभ देखिएको थियो। पोजेटिभ देखिएपछि उनलाई उपचारका लागि वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लगिएको थियो।


उपचारका क्रममा स्वास्थ्यमा केही सुधार भएपछि घरमै आराम गरिरहेका राईलाई पुनः श्वासप्रश्वासमा समस्या देखिएपछि विराट मेडिकल कलेजमा ल्याइएको थियो। भेन्टिलेटरमा राखेर उपचार गर्ने क्रममा उनको मृत्यु भएको हो ।राई २०४९ सालको स्थानिय निर्वाचनमा पथरी गाविसको अध्यक्षमा निर्वाचित भएका थिए। 

मंसिर ९, २०७७ मंगलबार १५:४२:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।