कोरोना संक्रमित प्रहरी निरीक्षकको मृत्यु

कोरोना संक्रमित प्रहरी निरीक्षकको मृत्यु

काठमाडौं : मोरङमा एक जना सशस्त्र प्रहरी निरीक्षकको कोरोना संक्रमणबाट ज्यान गएको छ। 
 

सशस्त्र प्रहरी बल ३ नम्बर गण मोरङमा कार्यरत प्रहरी निरीक्षक नवीन बुढाथोकीको उपचारको क्रममा विराट मेडिकल कलेजमा मंगलबार बिहान मृत्यु भएको सशस्त्र प्रहरी बलले जनाएको छ।

कात्तिक २७ गते उक्त मेडिकल कलेजमा भर्ना भएका थिए बुढाथोकीलाई भेन्टिलेटरमा राखेर उपचार भैरहेको सशस्त्र प्रहरी बल एक नम्बर बाहिनी पकलीका एसएसपी कमल गिरीले जानकारी दिए।

उनलाई ज्वरो र श्वासप्रश्वासमा समस्या रहेको अस्पतालले जनाएको छ। 

बुढाथोकीको घर तेह्रथुमको म्याग्लुङ नगरपालिका–१ मा हो। 
 

मंसिर ९, २०७७ मंगलबार १२:५९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।