विप्लव कार्यकर्ता पक्राउ

विप्लव कार्यकर्ता पक्राउ

कञ्चनपुर : प्रहरीले प्रतिबन्धित विप्लव समुहका एक कार्यक्रर्तालाई पक्राउ गरेको छ।

गतराति कञ्चनपुर भिमदत्त नगरपालिका–९ मटेनाका २२ वर्षीय दिपेन्द्र सिंह ऐरीलाई प्रहरीले पर्चा पम्पलेटसहित पक्राउ गरेको हो।

ऐरी ना. २८ प. ३८४५ नम्बरको मोटरसाकलमा ब्रह्रदेब देखि महेन्द्रनगरतर्फ पर्चाहरु छर्दै आइरहेको अवस्थामा पक्राउ गरिएको प्रहरीले जनाएको छ। 

उनको साथबाट विप्लव समुहको ‘एकीकृत ७ औं पार्टी पुनर्गठन दिवश भब्य रुपमा मनाऔँ’ लेखिएको ३ थान र अपील शिर्षकको ६ धान फेला पारेको प्रहरीले जनाएको छ। 

उनमाथि थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ। 

मंसिर ८, २०७७ सोमबार १२:३१:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।