सेञ्चुरी कमर्सियल बैंकको २ अनलाइन एकाउन्ट सेवा सुरु

सेञ्चुरी कमर्सियल बैंकको २ अनलाइन एकाउन्ट सेवा सुरु

काठमाडौ : सेञ्चुरी कमर्सियल बैंकले डिजिटल बैकिंङलाई अझै सहज बनाउने लक्ष्यसहित ‘सेञ्चुरी सहज खाता’ र ‘सेञ्चुरी क्लीक एकाउन्ट’ नामक अनलाइन एकाउन्ट सेवा सुरु गरेको छ। 

कोभिड-१९ को कारणले गर्दा बैंकका सेवाग्राहिलाई पर्न गएको विभिन्न बैंकिङ्ग समस्याको समाधानको लागि अनलाइन सेवा थप गरिएको बैंकले जनाएको छ।

ग्राहकहरुले घरमै बसेर शुन्य मौज्दातमा खोलिने ती खाताहरुमा बैंकले वार्षिक ५.५० प्रतिशतको दरले त्रैमासिक रुपमा ब्याज भुक्तानी गर्ने जनाएको छ। 

बचत खाता उच्चतम प्रतिफलका साथ खोल्न मिल्नेसमेत बैंकले जनाएको छ। डिजिटल्ली खुल्ने र ग्राहकहरु बैंकमा उपस्थित हुन नपर्ने हुदाँ डिजिटल बैकिङलाई प्राथमिकता दिदैं बचत खाताहरुमा प्रबर्धनको निम्ति बढी ब्याजदर दिइएको बैंकले जारी गरेको विज्ञप्तिमा  उल्लेख छ।

सेञ्चुरी सहज खातामा नयाँ ग्राहकले खाता खोल्नको साथै उक्त खातामा तुरुन्तै पैसा जम्मा गरी सेन्चुरी पे मार्फत वालेटको कारोबार समेत गर्न सकिने छ। 

नयाँ सेवामार्फत ग्राहकवर्गहरुले विभिन्न डिजिटल माध्यमबाट प्रतिदिन ५ हजार बराबर ‘क्यास लेस’ कारोबार गर्न सक्नेछन्। खाताबाट वार्षिक १ लाखसम्म कारोवार गर्न सकिने जनाईएको छ। 

सेञ्चुरी क्लीक एकाउन्टमा नयाँ ग्राहकले अनलाइनबाटै खाता खोल्नको साथै उक्त खातामा तुरुन्तै पैसा जम्मा गर्न सकिन्छ। खातामा वार्षिक १५ लाखसम्म कारोवार समेत गर्न सकिने छ।

विशेष गरी विदेशमा रहेका नेपालीहरुलाई लक्षीत गरि बैंकले यस्तो खाता संचालनमा ल्याएको बताइन्छ। 
खाताहरु खोल्दा आवश्यक भेरिफिकेसन कोड बैंकले आधिकारिक मोबाइलमा वा ईमेलमा उपलब्ध गराउने र सहजै खाता खोल्न र संचालन गर्न सकिने बैकले जनएको छ।

मंसिर ७, २०७७ आइतबार १३:५३:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।