सुदूरपश्चिममा बढे स्वास्थ्य बिमा गर्नेहरू

सुदूरपश्चिममा स्वास्थ्य बिमा गर्नेको सङ्ख्यामा वृद्धि भएको छ। २०७२मा कैलालीबाट लागु भएको स्वास्थ्य बिमा कार्यक्रम विस्तार हुँदै अहिलेसम्म प्रदेशमा ३ लाख ९ हजार ९ सय ३१ जनाले स्वास्थ्य बिमा गरेका छन्।
स्वास्थ्य बिमा बोर्ड प्रदेश कार्यालयका अनुसार कैलालीमा १ लाख ५९ हजार ५ सय ४६, अछाममा ३६ हजार ८ सय ८८,बझाङमा ३४ हजार ३ सय ६७, बाजुरामा २९ हजार २ सय १५,बैतडीमा १६ हजार ५ सय ५३,कञ्चनपुरमा २१ हजार, दार्चुलामा ७ हजार ८ सय ६०,डडेल्धुरा २९ सय ३२ र डोटीमा १४ सय ७६ले बिमा गरेका छन्।
प्रदेशका ९ वटा जिल्ला मध्य पहिलो पटक स्वास्थ्य बिमा कार्यक्रम सुरु भएकाले सबै भन्दा बढी बिमित कैलालीमा रहेका छन्।
कैलालीमा ६८ प्रतिशतले बिमा नविकरण गर्ने गरेको स्वास्थ्य बिमा बोर्ड सुदूरपश्चिम प्रदेशका प्रदेश संयोजक जनक बहादुर साउदले बताए।
स्वास्थ बिमा तथा बिमा नवीकरण सम्बन्धी अभिमुखिकरण कार्यक्रममा लागि कैलालीमा १ हजार २ सय ५७ जस्वास्थ्य स्वयमसेवीकाहरु परिचालित गरिएको साउदले बताए।।
प्रदेश सरकारले पनि प्रदेशमा भएका ६ हजार ३२ महिला स्वास्थ्यकर्मी लाई निःशुल्क स्वास्थ्य बिमा कार्यक्रम ल्याएकाले पनि स्वास्थ्य बिमा गर्नको संख्या बढेको उनले जानकारी दिए।
बिमित सबैले नवीकरण गर्नुपर्ने भए पनि कतिपयले ठाँउसारी बसाइसराइ गरेसँगै सम्बन्धित जिल्लामा नै नवीकरण गर्ने गरेकाले पनि कम मात्रा नवीकरण भएको देखिएको उनले बताए।
५४ जिल्लाको रूपमा डोटी र ५५ औ जिल्लाको रूपमा डडेल्धुरामा स्वास्थ्य बिमा कार्यक्रम लागू भएको छ।
मंसिर ७, २०७७ आइतबार ०८:५२:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।