प्रदेश १ मा १ सय ३५ संक्रमित थपिए

प्रदेश १ मा १ सय ३५ संक्रमित थपिए

विराटनगर : प्रदेश १ मा शनिबार १ सय ३५ जना कोरोना संक्रमित थपिएका छन्।

मोरङमा ६८, झापामा ५४, सुनसरीमा ६, इलाम र धनकुटामा ३–३ र पाँचथरमा १ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ।  
मोरङको विराटनगरमा ५०,बुढीगंगामा ३,कानेपोखरी, बेलबारी र लेटाङमा२–२, ग्रामथान, उर्लाबारी, धनपालथान, पथरीशनिश्चरे, केराबारी र कटहरीमा १–१, स्थानीय तह नखुलेका ३, झापाको कनकाईमा १२, भद्रपुरमा ११, विर्तामोडमा १० र अर्जुनधारामा ५ जना थपिएका छन्।
 यस्तै झापकै  मेचीनगरमा४,शिवसताक्षीमा २, गौरादह, बुद्धशान्ति र झापा गाउँपालिकामा १–१, र स्थानीय तह नखुलेका ७ जनाको रिपोर्ट पोजेटिभ आएको छ । सुनसरीको इटहरीमा २, इनरुवा, बराहक्षेत्र, गढी र रामधुनीमा १–१, इलामको इलाम नगरपालिकामा२,माईजोगमाईमा १, धनकुटाको धनकुटा नगरपालिकामा ३ र पाँचथरको फिदिममा १ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ।
प्रदेश १ मा कोरोना संक्रमितको संख्या २५ हजार ७६ पुगेको छ । प्रदेश १ मा शनिबार४ सय ७० जनाको पीसीआर परीक्षण गरिएको छ । परीक्षण गरिएका मध्ये ६७ महिला र ६८ पुरुषको रिपोर्ट पोजेटिभ आएको हो । हालसम्म १ लाख ८२ हजार ६ सय ७ जनाको पीसीआर परीक्षण गरिएको मन्त्रालयले जनाएको छ।
मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा प्रदेश १ बाट ३ सय ६८ जना डिस्चार्ज भएका छन् । होमआईसोलेसनबाट ३ सय ६५ र न्युरो अस्पतालबाट ३ जना डिस्चार्ज भएका हुन। हालसम्म डिस्चार्ज हुनेको संख्या २० हजार ५ सय ८८ पुगेको छ।

 

मंसिर ६, २०७७ शनिबार १९:४१:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।