प्रदेश १ मा २०७ संक्रमित थपिए

प्रदेश १ मा २०७ संक्रमित थपिए

विराटनगर : प्रदेश १ मा शुक्रबार २ सय ७ जना कोरोना संक्रमित थपिएका छन्।

मोरङमा ७१, सुनसरीमा ५७, संखुवासभामा ३४, झापामा २८, ते¥हथुम र उदयपुरमा ३–३, इलाम र धनकुटामा २–२ र प्रदेश १ बाहिरका ७ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ।

मोरङको विराटनगरमा ५०, रतुवामाई र रंगेलीमा ५–५ जना कोरोना संक्रमित थपिएका छन् । ग्रामथान, कटहरी, सुन्दरहरैचा,केराबारी, बेलबारी र सुनबर्षीमा १–१ र स्थानीय तह नखुलेका ५ जनाको रिपोर्ट पोजेटिभ आएको छ।

सुनसरीको धरानमा ३८,इटहरीमा १४,इनरुवामा ३,बराहक्षेत्र र कोशी गाउँपालिकामा १–१ जना संक्रमित फेला परेका छन्।संखुवासभाको खाँदबारीमा ३२,मकालु र सिलिचोङमा १–१, झापाको दमक र विर्तामोडमा ५–५, गौरादह, भद्रपुर, अर्जुनधारा र मेचीनगरमा ३–३, कनकाईमा २, बुद्धशान्ति, हल्दिबारी र कमल गाउँपालिकामा १–१ र स्थानीय तह नखुलेका १ जनाको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ।

ते¥हथुमको म्याङलुङमा ३,उदयपुरको चौदण्डीगढीमा २ र उदयपुरगढीमा १, इलामको इलाम नगरपालिका र सुर्योदयमा १–१, धनकुटाको धनकुटा नगरपालिकामा २, र प्रदेश १ बाहिरका ७ जनामा संक्रमण देखिएको छ।

प्रदेश १ मा कोरोना संक्रमितको संख्या २४ हजार ९ सय ४१ पुगेको छ । पछिल्लो २४ घण्टामा प्रदेश १ बाट ४ सय ४७ जना डिस्चार्ज भएका छन्।डिस्चार्ज हुनेसवै होमआईसोलेसनका रहेका छन्।हालसम्म डिस्चार्ज हुनेको संख्या २० हजार २ सय २६ पुगेको छ।

प्रदेश १ मा शुक्रबार  ७ सय ७४ जनाको पीसीआर परीक्षण गरिएको छ । परीक्षण गरिएका मध्ये ७६ महिला र १ सय ३१ पुरुषको रिपोर्ट पोजेटिभ आएको छ । हालसम्म १ लाख ८२ हजार १ सय ३७ जनाको पीसीआर परीक्षण गरिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ।

 

मंसिर ५, २०७७ शुक्रबार २०:३०:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।