विराटनगरमा ३ जना कोरोना संक्रमितको मृत्यु

विराटनगर : कोरोना संक्रमणका कारण विराटनगरका अस्पतालमा थप तीन जनाको मृत्यु भएको छ।
मोरङको बूढीगंगास्थित विराट शिक्षण अस्पताल दुई र विराटनगरको नोबेल शिक्षण अस्पतालमा एकजनाको मृत्यु भएको हो।
मृत्यु हुनेमा भारतको साहेवगञ्जका ७० वर्षीय पुरुष, सुनसरी इटहरी–५ का ८८ वर्षिय पुरुष र झपा गौरादहका ६३ वर्षिय पुरुष छन्।
भारत साहेवगञ्जका पुरुषको उपचारका क्रममा शुक्रबार विहान मृत्यु भएको हो।
यस्तै सुनसरीको इटहरी उपमहानगरपालिका–५ का ८८ वर्षीय पुरुष र झापाको गौरादह नगरपालिका–८ का ६३ वर्षीय पुरुषको नोबेल शिक्षण अस्पतालमा शुक्रबार विहान मृत्यु भएको अस्पतालहरूले जनाएका छन्।
मंसिर ५, २०७७ शुक्रबार १७:२५:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।